दफा ६१
धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको अवधि र नवीकरण
(१) यस ऐन बमोजिम धितोपत्र व्यवसाय गर्न धितोपत्र व्यवसायीलाई दिइएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ । (२) धितोपत्र व्यवसायीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डलाई बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ । (४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने धितोपत्र व्यवसायीको अनुमतिपत्र बोर्डले खारेज गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।